खोटाङमा निःशुल्क आँखा शिविरबाट ५ सय ९० जना लाभान्वित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ ।
त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो ।
निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए ।
शिविरमा पाँच सय ९० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् । शिविरमा सहभागी ४०० बढीलाई निःशुल्क औषधि तथा एक सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।
शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, साकेला गाउँपालिकालगायत अन्य पालिकासँगै ओखलढुङ्गा, उदयपुर जिल्लाका सेवाग्राही हलेसी आएका थिए ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन भएको हो । आँखाको समस्या भएका नागरिकको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योति सङ्घ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले निःशुल्क आँखा शल्यक्रिया शिविर आयोजना गरेको हो । शिविरको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले उद्घाटन गरेकी थिईन् ।
त्यस अवसरमा पाठेघरको निःशुल्क शल्यक्रियादेखि नगर अस्पताल सञ्चालन गरेर बीमा गर्ने र बीमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको काम गरिरहेको नगरप्रमुख राईले बताईन्।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया