प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरी र पाँचथर सेमिफाइनलमा

फुङ्लिङ । ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको आजदेखि सेमिफाइनल खेल हुने भएको छ । सुनसरीको सगरमाथा युथ क्लब र पाँचथर फुटबल क्लबसँग प्रतिस्प्रर्धा गर्ने भएको हो ।
शनिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बिटी फुटबल क्लब तेह्रथुमलाई ४—० को अन्तरले पराजित गर्दै सुनसरीको सगरमाथा युथ क्लब सेमिफाइनल प्रवेश गरेको हो । सुनसरीको जितमा पहिलो हाफको २४औँ मिनेटमा विशाल भण्डारीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोल गरेको सुनसरीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको खेल सुरुभएको चारौँ मिनेट र २३औँ मिनेटमा भुवन बस्नेतले गोल गर्नुभयो र वीरेन्द्र लिम्बूले ३१औँ मिनेटमा अन्तिम गोल गर्दै सुनसरीले फराकिलो जित दर्ता गरेको हो ।
फाइनल प्रवेशका लागि आइताबार पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको हो । शनिबारको खेलमा सुनसरीका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित हँुदै रु पाँच हजार पुरस्कार प्राप्त गरे । खेल पुस ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता थियो । प्रथम हुनेलाई ट्रफी, पदक, प्रमाण पत्रसहित रु तीन लाख दुई हजार ८० प्राप्त गर्दा उपविजेता हुनेले रु एक लाख ५१ हजार ८० प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्खिमले जानकारी दिए। प्रतियोगिता चासोक तङ्नामको अवसरमा सञ्चालन गरिएको हो ।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया