शुक्रबार, वैशाख २५, २०८३

नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाले पैदलयात्रा सुरु गर्दै

मेरोन्यूज २०८० पुष ९ गते ८:०९

चितवन । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि पैदलयात्रा सुरु गर्दैछ ।

Advertisement
NiccNicc

आज बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट सुरु हुने उक्त पदयात्रा ३ दिनमा सकिने छ । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा गर्ने रास्वपाले जनाएको छ ।

यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन् । यात्राका क्रममा सडकको दायाँवायाँ रहेका बस्तीका बासिन्दासँग अन्तरक्रिया भने हुने छैन ।

दबाब यात्रामा सहभागी हुनेहरुलाई पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ ।

प्रतिक्रिया