महिला क्रिकेटमा मधेश प्रदेशको पहिलो जित
मेरोन्यूज
२०८० पुष ९ गते १४:०२

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १९।४ ओभरमा अल आउट हुदै ८५ रन बनाएपछि मधेश प्रदेश २७ रनले विजयी भएको हो ।
यस अघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
यो जारी प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित हो । मधेश प्रदेशको ४ खेलमा २ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेशको भने ४ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।
अब मधेश प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले बुधबार नै कोशी प्रदेशको सामना गर्ने छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया