एसियन र श्रृजनशील सेमिफाइनलमा

काठमाडौं । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को कोर्टमा एसियनले चैतन्यलाई ७–२ ले पराजित ग¥यो । एसियनको जितमा सारिका बोहराले ३ अंक योगदान गरिन् । कुञ्जना मगरको ६ अंक सहयोगमा श्रृजनशीलले लिभरपुललाई १२–४ ले हरायो ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समै काठमाडौं जेभियर्सले हेम्सलाई ९–८ तथा इनोभेटिभले सनसाइनलाई १९–१४ ले पाखा लगाए । काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले ६ तथा इनोभेटिभकी रिद्धि घर्ती मगरले १७ स्कोर गरे । सेमिफाइनलमा काठमाडौं जेभियर्सको भेट इनोभेटिभसंग हुनेछ भने एसियनले श्रृजनशीलको सामना गर्ने छ ।
सिनियर ब्वाइजमा एआईएले भद्रघलेलाई २७–१५, हेम्सले स्वप्नवाटिकालाई ३३–२०, काठमाडौं जेभियर्सले सूर्योदयलाई ३५–११ र सनसाइनले स्पाङगललाई ३०–१७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एआईएका पर्वत पाण्डेले ७, हेम्सका आयुश कटुवालले १०, काठमाडौं जेभियर्सका रमितले १० र सनसाइनका सफल तामाङले १५ अंक बटुले । सेमिफाइनल हेम्स र सनसाइन तथा काठमाडौं जेभियर्स र एआईएबीच हुनेछ ।
जुनियर ब्वाइजमा एआईएले लिटिल फ्लावरलाई ८–६, काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १७–१४, सनसाइनले स्पाङगललाई १६–११ र चैतन्यले इनोभेटिभलाई १५–१३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । एआईएका आविस्कार बुढाले ४, काठमाडौं जेभियर्सका श्रीयानले ५, सनसाइनका ऋतिक गिरीले ६ र चैतन्यका एलिस तामाङले ९ अंक जोडे । सेमिफाइनलमा काठमाडौं जेभियर्सले चैतन्य तथा एआईएले सनसाइन विरुद्ध खेल्ने छन् ।
















ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया