शनिबार, वैशाख २६, २०८३

संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन शीर्ष तीन दल सहमत

मेरोन्यूज २०८० पुष ९ गते २१:२९

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन्।

Advertisement
NiccNicc

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतासहितको बैठक संसद्को आगामी अधिवेशनमा नै विधेयक अगाडि बढाउन सहमति नजिक पुगेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भएको र पीडितमैत्री कानुन बनाउने हो भने तत्काल प्रक्रियाअघि बढ्ने बताए । उनले भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानुन बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रस्तुत हुने बताए ।

बर्तौलाले सरकार पीडितमैत्री कानुन बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिब करिब जुटेको बताए ।

सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरू एकजुट भइ संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताए ।

प्रतिक्रिया