शनिबार, वैशाख २६, २०८३

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

मेरोन्यूज २०८० पुष १० गते ६:४२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

Advertisement
NiccNicc

प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा  सम्बोधन गर्न लागेको बताए।

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट दिउँसो ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया