नेकपा माओवादीद्वारा चिनियाँ नेता माओ त्से तुङको १३० औं जन्मजयन्तीकाे शुभकामना

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले चिनियाँ नेता माओ त्से तुङको १३० औं जन्मजयन्तीको अवसरमा विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता माओत्सेतुङप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।
मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता रहेको बताएका हुन् ।
साथै उनले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गरेकाे योगदानको संश्लेषण गर्दै आफ्नो पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा आत्मसात गर्दै आएको समेत बताएका छन् ।
यसै सन्दर्भमा मालेमावादको वैचारिक आलोकलाई आत्मसात गर्दै हाम्रो पार्टीको ऐतिहासिक आठौँ राष्ट्रिय सम्मेलनले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो संश्लेषण गर्दै समाजवादको आधार तयार पार्ने दृढ सङकल्प समेत लिएको उनले शुभकामनामा उल्लेख गरेका छन् ।
उनले भनेका छन्‘अन्त्यमा, यस ऐतिहासिक अवसरमा समाजवादी क्रान्तिको सपना बोकेर उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित समाजवादको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा ऐक्यवद्धता र सहकार्यका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछु ।’ धन्यवाद ।

















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया