मंगलबार, वैशाख २२, २०८३

पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

मेरोन्यूज २०८० पुष १० गते ७:२१

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

Advertisement
NiccNicc

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानसम्म देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया