शुक्रबार, वैशाख २५, २०८३

राष्ट्रिय सभाका उम्मेदवार चयन गर्न जसपाको बैठक बस्दै

मेरोन्यूज २०८० पुष १० गते ८:२०

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

Advertisement
NiccNicc

बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजेका लागि बोलाइएको जसपा केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

आगामी पुस २५ गतेदेखि काठमाण्डौमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि आजको बैठकमा छलफल हुने जसपाले जनाएको छ। 

प्रतिक्रिया