पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०८० पुष १० गते ९:१३

पोखरा । पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ५ प्रस्याङमा गए राती कारले पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो ।
ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया