मौलिक संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सम्पन्न बनाएको छ : अध्यक्ष नेपाल
मेरोन्यूज
२०८० पुष १० गते १०:०२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति र समुदायका फरक संस्कृतिले समग्र राष्ट्रलाई सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।
अध्यक्ष नेपालले ज्यापु दिवस तथा उधौँलीपर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको उल्लेख गरेका हुन् ।
सन्देशमा बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।
सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया