संसदीय प्रमण्डलद्वारा च्याङ्सु प्रान्तका उपप्रमुखसँग भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डलले च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानसँग भेटवार्ता गरेको छ ।
नेपाली प्रतिनिधिमण्डलका नेता नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले जनकंग्रेस उपप्रमुख पाउच्वानसँग नानजिङमा सोमबार अपराह्न भेटवार्ता गरेको हो ।
त्यस अवसरमा द्विपक्षीय हित, आपसी सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
नेता पाण्डेले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको बताउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्रीको पछिल्लो चीन भ्रमणले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि पारस्परिक सम्बन्ध विस्तार भएको बताए । उनले छोटो समयमा नै चीनले गरेको द्रुत विकास सराहना गर्दै नेपालका तीनवटै तहका सरकारले विकासका लागि अधिकतम् काम गर्दै आएको जानकारी दिए ।
च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानले नेपाली संसदीय टोलीलाई स्वागत गर्दै प्राचीनकालदेखि दुई मुलुकबीच आत्मीय सम्बन्ध रहेको बताए । नेपालको सौन्दर्यबाट चिनियाँ पर्यटक मन्त्रमुग्ध भएर स्वदेश फर्किने गरेका बताउँदै उनले नेपालको पर्ययन क्षेत्र विकासका प्रशस्त सम्भावना बोकेको देश हो भने ।
सङ्घीय संसद्को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणका लागि गत पुस २ गते बेइजिङ प्रस्थान गरेको थियो । माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेको नेतृत्वमा रहेको २० सदस्यीय प्रमण्डलमा नेपाली कांग्रेस र नेकपा (एमाले)का पाँच–पाँच, नेकपा (माओवादी केन्द्र)का तीन तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)पार्टीबाट एक–एक जना छन् ।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमी (आइबीओ) को कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन भ्रमण्मा गएको हो । संसदीय टोली यही पुस १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया