काभ्रेमा कोइला बालेर सुतेका श्रीमानको मृत्यु, श्रीमती बेहोस
मेरोन्यूज
२०८० पुष १० गते ११:३४

काभ्रे । काभ्रेमा कोइला बालेर सुतेका एक जनाकाे मृत्यु भएकाे छ, भने अर्का बेहाेस भएका छन् ।
नमोबुद्ध नगरपालिका- १ घर भएका ८२ वर्षीय कर्मा ग्याल्बो लामा आज बिहान ओछ्यानमै मृत फेला परेका हुन्।
गएराति आफ्नै घरको कोठामा विद्युतीय हिटर र कोइला बालेर पतिपत्नी सुतेका थिए। ग्याल्बोकी ८१ वर्षीया पत्नी असनी लामा बेहोस अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
उनीहरू मंगलबार बिहान ८ बजेसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबै जना बेहोस अवस्थामा फेला परेका थिए। त्यसपछि छोराबुहारीले तत्कालै उनीहरुलाई धुलीखेल अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याउनासाथ ल्याल्बोलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
उनीहरुले चिसोबाट जोगिन हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको पाइएको छ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया