पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएका छन्।
पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले विश्वविद्यालय स्थापनाको कामका लागि आफूले मन्त्रालयस्तरबाट गर्ने कामबारे सुझाव दिन आग्रह गरे।
विश्व विद्यालय स्थापनका लागि डा जगमान गुरुङको संयोजकत्वमा गठित समितिको मंलबार बैठक आह्वान गर्दै मन्त्री किरातीले समितिले गरेका कामको प्रगति विवरण पनि माग गरे। गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरे।
समतिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन्। पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्बाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताए।
यो विश्वविद्यालयले विशेष गरी अध्ययन तथा अनुसन्धानलाई प्रथामिकता दिने गरी प्रारम्भिक रुपरेखा बनिरहेको खतिवडाले उल्लेख गरे। विश्वविद्यालयमा नेपालका सबै धर्मशास्त्रहरुको अध्ययन तथा अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए।
विश्वविद्यालयमा कम कक्षा र बढी अनुसन्ध गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा प्रेमबहादुर खत्रीले उल्लेख गरे। नेपालमुखी अनुसन्धन, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्वविद्यालयलाई स्थापना गरिने खत्रीले बताए।
विश्वविद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पुरा गरेपछि स्नातक उतिर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितीका अर्का सदस्य कमल ढकालले बताए।
यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ती नगर्न क्षेत्र विकास कोषलाई निर्देशन दिए ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया