काठमाडौं जेभियर्स र सनसाइन उपाधिनजिक

काठमाडौं । काठमाडौं जेभियर्स र सनसाइन १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा काठमाडौं जेभियर्सले चैतन्यलाई २०–१२ ले पराजित ग¥यो । काठमाडौं जेभियर्सका रोशन राउतले ५ अंक जोडे । सनसाइनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई १३–१२ ले हरायो । सनसाइनका सुवासले ७ स्कोर गरे ।
सिनियर ब्वाइजमा पनि काठमाडौं जेभियर्स फाइनलमा पुग्न सफल भयो । काठमाडौं जेभियर्सले एआईएलाई २२–१४ ले पाखा लगायो । जितमा रोनित श्रेष्ठले ९ अंक योगदान गरे । फाइनलमा काठमाडौं जेभियर्सले हेम्सको सामना गर्ने छ । अर्को सेमफिाइनलमा हेमन्तको ५१ अंक सहयोगमा हेम्सले सनसाइनलाई ५१–३० ले पन्छाएको थियो ।
सिनियर गल्र्समा एसियन पब्लिक र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन् । एसियन पब्लिकले श्रृजनशीलमािथ १३–७ को जित दर्ता ग¥यो । एसियनकी सारिका बोहराले ५ स्कोर गरिन् । इनोभेटिभले काठमाडौं जेभियर्सलाई २०–५ ले सहजै पाखा लगाउदै तीन उपाधिनजिक पुग्नबाट रोक्यो । इनोभेटिभकी रिद्धि घर्तीले १४ अंक जोडिन् । फाइनल बुधबार हुनेछ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया