बिहीबार, वैशाख २४, २०८३

गठबन्धन पाँचै वर्ष जान्छ, अझै राम्रा काम गर्छौं : प्रधानमन्त्री

मेरोन्यूज २०८० पुष ११ गते १६:२८

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् ।

Advertisement
NiccNicc

गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए ।

गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गरिने बताए ।

‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने कामहरू गरेको छ । नागरिकता समस्या, मिटरव्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बूढीगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरूको नेतृत्व गरिएको छ । एक वर्षमा यति काम भएभने बाँकी चार वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्’ प्रधानमन्त्रीले भने ।

सरकारले राम्रा कामको सुरुवात गरेको भएपनि गणतन्त्र र परिर्वतन विरोधीहरूले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै राम्रा कामको पचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया