अपहरणमा परेका २ नेपालीको भारतबाट उद्धार, ६ जना भारतीय पक्राउ

काठमाडौँ । दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेको प्रहरीले जनाएको छ ।
गत पुस ५ गते रौतहट जाने भन्दै कृष्ण र दीपेन्द्र मोटरसाइकलमा निस्किएका थिए। घरबाट निस्किएको २ दिनपछि पुस ७ गते, राति ८ बजेतिर कृष्ण थापाले फेसबूक म्यासेन्जरमार्फत् श्रीमतीलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए।
अपहरणकारीले ६ लाख रुपैयाँ मागेको भन्दै कृष्णले फोन गरेपछि उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यलय चितवनमा मौखिक उजुरी दिएकी थिइन्। चितवन प्रहरीले अपहरणमा परेको घटनाबारे रौतहट प्रहरीलाई जानकारी दिएको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गरेकामा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
उद्धारपश्चात रौतहट प्रहरीले उनीहरुलाई परिवारको जिम्मा लगाएको छ ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया