कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : सञ्चार विधेयक पेस गर्ने निर्णय

मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।
यसैगरी शैलजा आचार्य हृृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए ।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए ।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया