एनएसएलको दोस्रो क्वालिफायरमा आज पोखरालाई ललितपुरको चुनौती
मेरोन्यूज
२०८० पुष १२ गते ८:१६

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा आज पोखरा थन्डर्ससामू ललितपुर सिटी एफसीले चुनौती प्रस्तुत गर्दै छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे सुरु हुनेछ ।
पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिवार हुने फाइनलमा धनगढी एफसीसँग खेल्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता थियो । जसमध्ये पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी शीर्ष चारमा रहँदै प्लेअफमा आइपुगेको थिए ।
प्रतियोगिताको फाइनल खेल शनिबार दशरथ रंगशालामा नै हुनेछ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया