गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार, एकजना पक्राउ
मेरोन्यूज
२०८० पुष १२ गते ११:४४

काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ ।
काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ दुई वर्षीया बालिका हराएकी थिइन् ।
उपत्यका प्रहरी कार्यालयका अनुसार उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको छ । साथै अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिकाका अभिभावकले पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । उनीहरुले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठडमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि
सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया