‘तीनवटै तहका सरकारबीच समन्वय जारी छ’

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताएका छन् ।
हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उनले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताए ।
संविधान कार्यान्वयनमा सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीले आफूहरू पनि त्यस दिशामा क्रियाशील उल्लेख गरे । सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तहगत अधिकारको बाँडफाँटमा जोड दिनुपर्ने उनले बताए। सबैको सुझावका आधारमा अधिकारको बाँडफाँट हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
गोष्ठीमा गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना,कार्यकारी निर्देशक कलानिधि देवकोटाले सङ्घीय शासन व्यवस्थाका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।
शुक्रबार सम्पन्न हुने गोष्ठीमा नेपाल नगपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्ता, जनप्रतिनिधि र विज्ञहरू सहभागी छन् ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया