बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठन नेपालको आर्थिक विकासमा सहयोगी हुने

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले क्षेत्रीय मञ्चमार्फत राष्ट्रिय हित प्रवद्र्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको बताएका छन्।
नीति अनुसन्धान प्रतिष्ठानले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को भावी कार्यदिशा विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुक आ–आफ्ना क्षेत्रमा सङ्गठित भएका उल्लेख गरे ।
मन्त्री साउदले भने, “नेपाल पनि एसियामा स्थापना भएका सङ्गठनहरूमा आबद्ध भई संवाद र सहकार्य गर्दै आएको छ । त्यसैअनुरूप नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बिम्स्टेक र एसियाली सहयोग संवादजस्ता एसियाका सङ्गठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धिमा सक्रिय हँुदै आएको छ ।” भू–परिवेष्टित मुलुक एवं अल्पविकसित मुलुक नेपालले आर्थिक विकाससँग सम्बन्धित चुनौतीबाट पार पाउन बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनसँगको आबद्धता सहयोगी हुने बताए ।
मन्त्री साउदले बिम्स्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरुको समूह) गठन भएको बताए ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया