बिहीबार, वैशाख २४, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै 

मेरोन्यूज २०८० पुष १३ गते ७:४०

काठमाडौं । नेपाली कांग्रेसको हिजोदेखि सुरू केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

Advertisement
NiccNicc

सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । आज पनि नेताहरूले सरकारको कामकारबाहीबारे आफ्नो धारणा राख्नेछन् ।

हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए।महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेस: मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेको शर्माले सुनाएका थिए।

हिजोको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू बैठकबाट हिँडेका थिए ।

बाँकी रहेका ७ मन्त्रीहरूले आजको बैठकमा धारणा राख्नेछन्।

प्रतिक्रिया