धरानका मेयरकाे कार्यशैली अराजक भएकाे पाँच दलको निष्कर्ष

विराटनगर । धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङकाे कार्यशैली निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको ५ राजनीतिक दलले बताएका छन् ।
मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् । उनकाे उक्त कार्य पछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पांग मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् ।
बिहीबार प्रेस संयुक्त प्रेस विज्ञप्ति जारी गदै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन् ।
दलहरूले धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको बताएका छन् । उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको हाम्रो ठहर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भई रहेको छ ।साथै २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामास्वतन्त्र व्यक्ति आए देखि निरन्तर व्यवस्था माथि प्रहार भइरहेको छ ।
दलहरूले उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भिल्लामा राखिएको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

बुधबार राति मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने चेतावनी दिएका थिए । केन्द्र सरकारले धरानलाई उपेक्षा गरेको भन्दै उनले विरोध स्वरूप राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका हुन् ।
उनले लेखेका थिए– ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ’ जय देश !’ उनले लेखेका थिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया