गभर्नर अधिकारी विरूद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए । सोही रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा नेपाल राष्ट्र बैंकका गभर्नर पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर रहनुपर्ने भनिएको छ ।
गभर्नर अधिकारीले पेश गरेका शैक्षिक प्रमाणपत्रमा उनी चार्टड एकाउन्टेन्ट मात्रै रहेको देखिएको र चार्टड एकाउन्टेन्ट भनेको स्नातकोत्तर नभई स्नातक पद रहेको रिटमा दावी गरिएको छ ।
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया