मंगलबार, चैत १७, २०८२

पार्टनरबाट भुलेर पनि नगर्नुहोस् यी अपेक्षा, नत्र सम्बन्ध टुट्नेछ

मेरोन्यूज २०८० पुष १३ गते १३:३६

सम्बन्धमा एक अर्काबाट अपेक्षा राख्नु सामान्य कुरा हो । तर सम्बन्ध बिगार्ने एउटा कुरा हो एक अर्काबाट अवास्तविक अपेक्षा राख्नु । यस्तो अवस्थामा, तपाईंले आफ्नो पार्टनरसँग यी अपेक्षाहरूका बारे कुरा गर्नु महत्त्वपूर्ण हुन्छ, जसले पार्टनरले ती पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने जान्न सकिन्छ ।

Advertisement
nepal life insurencenepal life insurence

मानिसहरु आफ्नो अपेक्षाहरु पूरा नहुँदा निकै दुखी हुने गछर्न। कयौं त पार्टनरलाई दोष दिन्छन् र झगडा गर्छन्। यसो गर्दा सम्बन्धमा दुरी बढ्न थाल्छ।

हामी तपाईलाई केहि यस्ता अवास्तविक अपेक्षाहरूको बारेमा बताउन गइरहेका छौं जुन तपाईले आफ्नो पार्टनरबाट गल्तिले पनि गर्नु हुँदैन।

एकअर्कासँग धेरै समय बिताउनु- धेरैजसो मानिसहरूले सम्बन्धमा गर्ने सबैभन्दा ठूलो गल्ती हो पार्टनरले पुरै समय आफुसँग बिताउनु पर्छ भन्ने सोच राख्नु। तपाइँको यो अपेक्षाबाट तपाइँको पार्टनरसंग विवाद हुने सम्भावना रहन्छ। यस्तो अवस्थामा, तपाईं आफ्नो पार्टनर बाहेक साथिहरुको ग्रुप हुनु महत्त्वपूर्ण छ । जसले तपाईहरुको सम्बन्धमा सन्तुलन कायम राख्न मद्धत गर्छ ।

महत्त्वपूर्ण विषयहरूमा असहमति- यो एक मिथक हो कि हामीले आफु जस्तै व्यक्तिसंग मात्र सम्बन्ध बनाउनु पर्छ। सम्बन्धमा कहिले काहीँ पार्टनरहरूबीच केही महत्त्वपूर्ण विषयमा असहमति हुन सक्छ । यस्तो अवस्थामा, आफ्नो दृष्टिकोणलाई पार्टनरमा लाद्नुको सट्टा सम्मान र स्पष्टताका साथ आफ्नो धारणा साझा गर्नुहोस् र उसको पनि सुन्नुहोस्। यसले तपाईको सम्बन्धमा नराम्रो प्रभाव पार्दैन।

प्राथमिकता- मानिसहरूले प्रायः सम्बन्धमा गर्ने सबैभन्दा ठूलो गल्ती भनेको पार्टनरले पहिलो प्राथमिकता आफुलाई देओस् भन्ने अपेक्षा गर्नु हो। यद्यपि, सम्बन्ध व्यक्तिको जीवनको एक महत्वपूर्ण भाग हो। तर कहिलेकाहीँ मानिसका लागि सम्बन्ध भन्दा धेरै महत्त्वपूर्ण चीजहरू हुन्छन्।

माइन्ड रिडिङ- तपाईको पार्टनरले केहि नभनी बुझोस भन्ने अपेक्षा राख्नु पति एक गल्ति हो । तपाई के चाहनुहुन्छ, किन रिसाउनु वा दुखी हुनुहुन्छ यो सबै नभनि थाहा पाओस भन्ने चाहाना राख्नु सम्बन्धका लागि घातक बन्न सक्छ । त्यसैले यदि तपाईं आफ्नो सम्बन्ध जोगाउन चाहनुहुन्छ भने, आफ्नो पार्टनरसँग स्पष्ट रूपमा कुरा गर्नु महत्त्वपूर्ण छ।

नराम्रो मान्नु- एक आदर्श सम्बन्ध त्यो होइन जहाँ पार्टनरहरू बीच झगडा हुँदैन। बरु, आदर्श सम्बन्ध त्यो हो जसमा पार्टनरहरूले झगडापछि एकअर्कालाई मनाउन र सँगै अगाडि बढ्न जान्छन् ।

प्रतिक्रिया