शनिबार, वैशाख २६, २०८३

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

मेरोन्यूज २०८० पुष १४ गते १५:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाेलाएकाे मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु भएकाे छ ।

Advertisement
NiccNicc

शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो।

आजको बैठकमा शुक्रबार बालकुमारी भएको प्रदर्शनका विषयमा छलफल तथा मृतकको परिवारलाई राहत दिने विषयमा निर्णय हुने बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूबिच बालकुमारी घटनाको विषयमा छलफल भएको थियो । बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत स्वरूप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया