उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
जसको प्रभावले देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ। तराई मधेशमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाे छ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको कारण बढ्ने चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया