उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
जसको प्रभावले देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ। तराई मधेशमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाे छ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको कारण बढ्ने चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया