महिला क्रिकेट : कोशीलाई हराउँदै एपीएफ फाइनलमा
मेरोन्यूज
२०८० पुष १५ गते १२:३२

काठमाडौँ । नेपाल एपीएफ क्लब पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।
एपीएफकाे १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमात्र जोड्न सक्यो ।
कोशीका लागि अप्सरी बेगमले ३१ रन तथा कप्तान रुविना क्षेत्रीले २२ रन बनाएइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनायाे। एपीएफका लागि इन्दु वर्माले सर्वाधिक ५६ रन तथा कप्तान सीता राना मगरले ४५ रनको योगदान गरे ।
अब फाइनल प्रवेशका लागि कोशीले सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया