काठमाडौंमा यसरी मनाइयो तमु ल्होसार (तस्बिरहरु)

काठमाडौँ । गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास छ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि विभिन्न समारोहको आयोजना गर्दै यो पर्व मनाएका छन् । काठमाडौं बसोबास गर्ने विभिन्न जिल्लाका गुरुङ समुदायका बालबालिका महिला पुरुषहरु बसन्तपुरमा भेला भएर बसन्तपुरबाट र्याली निकालेर टुँडिखेलतर्फ प्रस्थान गरेका छन् ।
तमु ल्होसारको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ।





















132-kV transmission line in Karnali expected to give boost to industries
आन्दोलन होइन ब्ल्याकमेल भयो : ब्रिटिश कलेज
15 killed, 7 injured as Russian drone hits miners’ bus in Pavlohrad, emergency service says : Ukraine
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया