‘साम्प्रदायिक हिंसा’ भड्काउन खोजेको आरोपमा भ्लगर उमा चाम्लिङ सिक्किममा पक्राउ

काठमाडौं । भिडिओ पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा नेपाली भ्लगर उमा चाम्लिङ राई पक्राउ परेकी छन्।
राईलाई शनिबार भारतको सिक्किममा सदर प्रहरी स्टेसन गान्तोकले पक्राउ गरेको हो। उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ।
समाजिक सञ्जालका लागि कन्टेन्ट क्रियटरका रुपमा परिचित राईले पुस १० मा वनझाँक्री बस्ने गुफा र पुस ११ मा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोस्ट गरेकी थिइन्। त्यसअघि पुस ८ मा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्वीर पोस्ट गरेकी थिइन्।
उनले सिक्किममा साकेला मनाउन भिडिओमार्फत आह्वान गरेकी थिइन्। त्यसैलाई आधार बनाएर पक्राउ गरिएको जनाएको छ।
सिक्किम क्रान्तिकारी मोर्चाले विज्ञाप्ति जारी गर्दै पूर्व मुख्यमन्त्री चाम्लिङको आडमा लेगसेपमा पुस १४ गते साकेला मनाउन भिडिओ निमन्त्रणा दिएको, राजनीति प्रेरित भएर सर्वसधारणलाई ध्रुवीकरण गर्न खोजेको आरोप लगाएको छ।
















17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया