शुक्रबार, वैशाख २५, २०८३

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने सहमति

मेरोन्यूज २०८० पुष १५ गते १६:१५

काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।

Advertisement
NiccNicc

आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने सहमति गरेको हो ।

‘पूर्व न्यायाधीशको नेतृत्वमा बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको छ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘आइतबार बस्ने क्याबिनेट बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्छ र सोमबारबाटै समितिले काम थाल्छ ।’

प्रतिक्रिया