नेपालको पर्यटन क्षेत्रमा कुरा बढी, काम कम : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको टिप्पणी गरेका छन्।
नेपाल पर्यटन बोर्डले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परे पनि सोचेअनुसार अघि बढ्न नसकेको बताए। उनले नेपालको पर्यटन नेपालीपनको हुनुपर्नेमा आफूले जोड दिएको दोहोर्याए।
मन्त्री किराँतीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउन आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरे पनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको दावी गरे। उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने बताए।
नेपालको पर्यटन नेपालीपनको हुनुपर्छ। नेपालको प्रकृति र संस्कृति भव्य छ। संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने पर्यटन नेपाली पर्यटन हुनेछ। त्यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनेछ। अब हामीले गाउँमा नयाँ पर्यटकीय गन्तव्य विकास गर्नुपर्नेछ। अब अलिअलि त शुरु भएको छ तर कुरा बढी, काम कम छ’ मन्त्री किरातीले भने ।
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया