छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न ठाउँमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.प्र.०२-००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जना पदैलयात्रीलाई सिभिल अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल माइतीघर लगिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङजा, गल्याङ नगरपालिका-१ नब्बेस्थित सिद्धार्थ राजमार्गमा लु.१ ख ५१४३ नम्बरको ट्रक र लु.३८ प २४४५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गल्याङ नगरपालिका-२ गराङदी बस्ने ४३ वर्षीय दिपक थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-११ देउरालीस्थित सडकमा ना.५ त ८९२५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री मोलुङ गाउँपालिका-२ बस्ने ५२ वर्षीय गजेन्द्र राईको घट्नास्थलमै शनिबार साँझ मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चानदेव ढक्कास्थित सडकमा सु.प.प्र.०१-००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका-६ ढक्का बस्ने भुपेन्द्र सिंहकी छोरी १० वर्षीया अमृता सिंहको घटनास्थलमै शनिबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, मधुवन नगरपालिका-३ गम्कास्थित सडकमा भे.१० प ७९३५ नम्बरको मोटरसाइकल गोरुगाडामा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मधुवन नगरपालिका-८ लालिबजार बस्ने २२ वर्षीय अर्मान अन्सारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । गोरूगाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















वीरगञ्ज सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो
लोकतान्त्रिक सुधारमा बङ्गलादेशको मतदान
अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीः राष्ट्रपति पौडेल
EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया