शुक्रबार, वैशाख २५, २०८३

माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउनुपर्छ : गगन थापा 

मेरोन्यूज २०८० पुष १६ गते १३:१५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् ।

Advertisement
NiccNicc

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र संसद्लाई सुनाउने ठाउँ भएकाले निषेधित क्षेत्र हटाउन माग गरेका हुन् ।

सोमबार धोती दिवस मनाउन माइतीघर मण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउत सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् ।

प्रतिक्रिया