बगरमा बसपार्क बनेपछि बढ्यो जोखिम

ढोरपाटन (बागलुङ) । मध्यपहाडी लोकमार्ग छेवैको बडिगाडखोला र त्यसमाथि छ, बुर्तिबाङ बजार । बुर्तिबाङ बजार सडकले जोडिएको डेढ दशकभन्दा बढीभयो ।
सडक सञ्जाल जोडिएपछि बुर्तिबाङ बजारको मुख्य भागमा बसपार्क बनाइयो । सुरुसुरुमा थोरै गाडी चल्ने हुँदा सवारी पार्किङमा समस्या थिएन । बुर्तिबाङमा सानो बजार हुँदै सहरमा परिणत हुन थालेपछि सवारी साधानको चाप पनि क्रमैशः बढ्यो ।
सवारी साधानको चाप बढेपछि बजारको बीचमा रहेको सानो बसपार्कमा सवारीसाधान पार्किङका लागि पर्याप्त भएन । फलस्वरुप जथाभावी रुपमा सावारी पार्किङ गर्न थालियो र ट्राफिक व्यवस्थापनमा चुनौती बढेसँगै दुर्घटनाको जोखिम बढायो ।
त्यसपछि पुरानो बसपार्कको विकल्पमा नयाँ सहर आयोजनाले ढोरपाटन नगरपालिका–२ खप्तरीबाङस्थित बडिगाड खोलाको किनारमा बसपार्कका लागि जग्गा खरिद गरी निर्माण अघि बढायो । हाल बसपार्क निर्माण अन्तिम चरणमा छ ।
बजार र लोकमार्गलाई पायकपर्ने ठाउँमा बसपार्क निर्माण गरिएपनि खोला किनारमा हुँदा बर्खाको समयमा बाढीले बसपार्कसहित यातायताका साधान बगाउने हो कि भन्ने चिन्ता पनि थपिएको छ । बजारनै साँघुरो ठाउँमा नहुँदा जग्गा व्यवस्थापनमा समस्या थियो नै, त्यसमाथि बगरमा बसपार्क बनाउनुले ठूलो समस्या निम्त्याउने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरिरहेका छन् । बर्खाका बेला बडिगाडखोलामा पानीको बहाव बढेर बसपार्कमा आउने गर्छ । खोलामा तटबन्ध गरे पनि ठाउँ निकै साँघुरो भएको हुँदा जुनसुकै बेला बगाउन सक्ने जोखिम देखिएको स्थानीयको गुनासो छ ।
दश नमूना सहरमा पर्ने बुर्तिबाङ बजारमा हाल नयाँ सहर आयोजनाअनुरुप काम भइरहेको छ । विसं २०६८ देखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा बसपार्क निर्माण गत वर्षदेखि सुरु भएको हो ।
विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गरी अघिल्लो वर्ष कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका सूचना अधिकारी कमल शाहले जानकारी दिनुभयो । अहिलेसम्म बसपार्क निर्माण ९५ प्रतिशत सकिएको उहाँको भनाइ छ ।
विसं २०७५ मा छ रोपनी जग्गा खरिद बसपार्क बनाउन थालिएको हो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रालिले पाएको छ ।
“बसपार्कमा लागि धेरै ठाउँमा जाग्गा हे¥यौँ तर पाइएन, हाम्रो भब्रेटामा पनि जग्गा छ, तर त्यहाँ बनाउने सम्भावना देखिएन”, उनले भने, “नगर विकास समितिसँग सहकार्य गरेर यहाँ जग्गा खरिद गरेका हौँ । बसपार्क बनाउनुपर्ने थियो, जग्गा थिएन, खोलामा तटबन्धन गरेकाले अहिले जोखिम छैन ।” खोला किनारदेखि पक्की पर्खाल उठाइएको छ । यसवर्ष बजेट कम परेको र अर्को वर्ष बसपार्क निर्माण सम्पन्न हुने उनको भनाइ छ ।
बसपार्क निर्माण लागि आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड २६ लाख ४० हजार चार सय ३१ मा विनियोजित भएको थियो । अब सवारी पार्किङका लागि ढलान, गेट निर्माण, टर्मिनल भवनको फिनिसिङलगायतका काम बाँकी रहेको शाहको भनाइ छ । बसपार्कमा साना र ठूला गरी ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारीसाधान अट्ने क्षमता छ । टर्मिनल भवन तीन तलाको बनेको शाहले बताए ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले खोलाको मापदण्ड मिचेर बसपार्क निर्माण भएको दाबी गर्छन् । बसपार्क बन्नु बुर्तिबाङ बजारवासी र नागरिकका लागि खुसीको विषय भए पनि खोला किनारमा बनेको बसपार्क जुनसुकै बेला पनि बगाएर राज्यको करोडौँ रकम नोक्सानी हुने जोखिम रहेको उनको तर्क छ । बसपार्कको जग्गा खरिद गर्ने बेलादेखिनै कमजोरी हुँदै आएको उपप्रमुख कायतले बताए ।
उपप्रमुख कायतले भने, “बजारमा रहेको पुरानो बसपार्क निकै साँघुरो छ । अहिले गाडी पार्किङमा समस्या छ । नयाँ ठाउँमा निर्माण गर्नुपर्ने आवश्यता १० वर्ष पहिलेनै थियो । अहिले जुन ठाउँमा बसपार्क बनेको छ । त्यो मापदण्ड अनुसार छैन ।” उनका अनुसार नयाँ बसपार्क निकै जोखिमपूर्ण ठाउँमा निर्माण भएको छ । जग्गा खरिद गर्ने बेलामै सम्बन्धित निकायले ध्यान पु¥याउन नसकेको र बसपार्क बाढी तथा पहिरोको जोखिममा रहेको उनको बुझाइ छ ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया