भारतको नयाँदिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

काठमाडौँ । भारतको नयाँदिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका–७ का वर्ष ३५ का टीकाराम भण्डारी र उनकी श्रीमती वर्ष ३१ की अस्मिता भण्डारी छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई कञ्चनपुरको सीमा इलाकाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ । भण्डारी दम्पतीले भारतको दिल्लीस्थित विभिन्न होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्याई बेश्याबृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेको अनुसन्धानमा खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । भण्डारी दम्पतीले वेबसाइटमार्फत अनलाइन बेश्याबृत्तिको –याकेट चलाउने गरेको पाइएको छ । ह्वाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन पेमेन्ट गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेका थिए । पक्राउ परेका अभियुक्तहरूले भारत पुर्याएका नौजना युवतीहरूलाई ब्युरोको समन्वयमा उद्धार गरिएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया