मेषलाई आज विशेष दिन, अन्य राशिकाे कस्ताे छ ?

आज २०८० साल पुष १७ गते मंगलवार।पुष कृष्ण षष्ठी।पञ्चाङ्ग: सौभाग्य वणिज पूर्व। जनवरी २ तारिख २०२४
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
वृष : आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
मिथुन : आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कर्कट : आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
सिंह : आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
कन्या : अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।
तुला : आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।
वृश्चिक : आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
धनु : आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।
मकर : आज धन हानी हुनसक्छ । शेयर बजारले पनि साथ नदेला आहार विहारमा सावधानी अपनाउनु पर्नेछ, तर साँझमा धन खर्च भने रहला ।
कुम्भ : धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।
मीन : आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।















रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया