शैक्षिक उन्नयनका लागि २० लाखको अक्षयकोष

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् ।
देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।
न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा रु २० लाख पाँच सय ५५ को अक्षयकोष स्थापना गरी सोमबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसाललाई न्यौपाने दम्पतीले संयुक्तरूपमा उक्त रकमको चेक प्रदान गरे । गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।
आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको भन्दै उनीहरूले कोषलाई सहीरूपमा प्रयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे । अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण एवं दाता सम्मान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विपन्न तथा गरिब विद्यार्थीको पढाइमा अक्षयकोषबाट भरथेग हुने विश्वास व्यक्त गरेका छन् ।
















शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया