कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् ।
मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । उनले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै अदालत गएका हुन् ।
सामाजिक सञ्जालमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन् ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन।’
‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिनँ भने यो अनुहार लिएर भोट माग्न आउँदिनँ । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’
















नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
प्रहरी हवल्दार मृत्यु प्रकरणमा थप एक जना पक्राउ
नेप्सेमा झिनो गिरावट, आठ अर्ब ६९ करोडकाे काराेबार
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
Ukraine plans presidential elections, vote on peace deal with Russia: media
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया