प्रधानमन्त्री कप क्रिकेट : बैतडीद्वारा अछाम पराजित

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले अछामलाई पराजित गरेको छ ।
बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो । बैतडीको लगातार यो दोस्रो जित हो । उसले यसअघि पहिलो खेलमा बझाङलाई एक सय ८१ रनले पराजित गरेको थियो ।
निर्धारित ५० ओभरको खेल हुस्सुका कारण ४० ओभरमा झारिएको थियो । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १३ रन बनायो । जितका लागि पाएको दुई सय १४ रनको लक्ष्य पछ्याउने क्रममा अछामको पारी २८ दशमलव पाँच ओभरमा एक सय १५ रनमै समटियो ।
बैतडीका लागि नरेन भट्टले अर्धशतकीय पारी खेले । उनले ५२ रनको योगदान दिए । भट्ट खेलको म्यान अफ दी म्याच चुनिएको स्कोरर नरेन्द्रराज भट्टले बताए । यस्तै खडक बोहराले ३४, वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२ तथा रिसिकेश बोहराले १६ रन बनाए । बलिङतर्फ अछामका रोहित खड्का र अभिषेक चौधरीले तीन/तीन विकेट लिए ।
यस्तै अछामका लागि ब्याटिङ गर्ने क्रममा महाजन कुँवरले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले तीन तथा भूपेन्द्र चन्द, रिसिकेश बोहरा र वसन्त खत्रीले दुई÷दुई विकेट लिए । बुधबार कञ्चनपुर र अछामबीच खेल हुनेछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुने छ ।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया