दोलखामा टुक्रा-टुक्रा पारिएको अवस्थामा किशोरको शव फेला
मेरोन्यूज
२०८० पुष १७ गते २२:५१

दोलखा । दोलखामा एक किशोर मृत फेला परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन् ।
भण्डारीको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिए । शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उनले बताए । घटनास्थल नजिकै रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया