प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि कोसीलाई ११५ रनको लक्ष्य

काठमाडौँ। प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताअन्तर्गत अहिले सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच फाइनल खेल भइरहेको छ । एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनायो । एपीएफका लागि इन्दु बर्माले अद्र्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् ।
बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् ।
अहिले कोशी प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ । कोशीले नौ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ । कोशीले अप्सरी बेगमका रुपमा पहिलो विकेट गुमाएको छ । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया