नेपाल र भारतबीच चारवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।
बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिएको थियो । नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठक सकिएपछि दुई देशबीच चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
बिहीबार नेपाल र भारतबीच भएका सम्झौता तथा समझदारी पत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी विद्युत् सम्झौता, सामुदायिक विकास परियोजनामा सहयोग गर्नेसम्बन्धी सम्झौता, नेपालले बनाएको स्याटलाइट भारतले प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता र नविकरणीय उर्जाको विकासमा सहयोग गर्नेसम्बन्धी समझदारीपत्र रहेका छन् ।
बिहीबार नै बैठक सकिएपछि दुई विदेशमन्त्रीले नेपाल र भारत जोड्ने १३२ केबी पावर क्षमताका तीन वटा विद्युत् प्रसारण लाइनका स्वीच् थिची उद्घाटन गरेका थिए । ती प्रसारण लाइनमा रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइन छन् ।
भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ ।


















रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया