जुडो प्रतियोगिता पुस २१ मा हुने
मेरोन्यूज
२०८० पुष १९ गते २१:००

काठमाडौँ । महालक्ष्मी नगरपालिका–७ को आयोजनामा पालिकास्तरीय प्रथम वडाध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिता हुने भएको छ ।
यही पुस २१ गते हुने उक्त प्रतियोगितामा उपत्यकाका ९ पालिकाबाट एक सय ३० खेलाडीको सहभागिता रहने आयोजक वडा नम्बर ७ का अध्यक्ष बाबुराजा महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा ललितपुर र काठमाडौं महानगरपालिकाका साथै महालक्ष्मी, कीर्तिपुर, नागार्जुन, टोखा, कागेश्वरी मनोहरा, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिको सहभागिता रहने छ ।
पुरुषरमहिलामा समान ९–९ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । एकदिने प्रतियोगिताका खेल वडा ७ स्थित हाम्रो पाठशालामा खेलाइने छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया