कञ्चनपुरमा निर्माण सम्पन्न नहुँदै भवन जीर्ण

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन ।
विसं २०७४ बाट बनाउन थालिएको हल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ । “कबर्ड हलको भवन, प्यारापिट निर्माण भएको छ । प्लास्टर गर्न मात्रै बाँकी छ”, स्थानीय चन्दनसिंह थापा मगरले भने, “यत्रो समय भइसक्दा पनि कबर्ड बनेको छैन । काम पूरा नहुँदै भवन जीर्ण बनिरहेको छ ।” विसं २०७४ मा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो । उनका अनुसार सुरुआतमा सङ्घीय सरकारबाट खेल मैदान तथा मिनी कबर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको थियो ।
“त्यो बजेटमा हामीले जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्नेसम्म काम ग¥यौँ”, उनले भने, “त्यसपछि बजेट आएन । हाम्रो उपभोक्ता समितिबाट काम भएन ।” कबर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०७७र०७८ मा रु ५० लाख बजेट विनियोजिन भएको थियो । रु ३७ लाख १७ हजार नौ सय ५९ मा कञ्चन राष्ट्रिय निर्माण सेवाले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो ।
यसपछि बजेट नआउँदा कबर्ड हल निर्माण अलपत्र रहेको छ । दोधारा चाँदनी क्षेत्रका लागि महत्वपूर्ण खेल संरचनाका रुपमा हेरिएको कबर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका छन् । “अब थोरै बजेट भए मात्रै पनि कबर्ड बन्थ्यो । यहाँका खेलाडी खेलकुद गतिविधिमा गर्न पाउथे”, स्थानीय दिलबहादुर सिंहले भने, “कबर्ड हल नहुँदा खेलाडीलाई समस्या छ । इन्डोर खेल हुन सकेका छैनन् ।”
सरकारले सुरुआतमा लगानी गरेर अहिले बेवास्ता गर्दा लगानी नै खेर जाने अवस्था आएको स्थानीय पदमबहादुर सिंहले बताए । “कबर्डले पूर्णता नपाउँदा ठूलो लगानी नै खेर गइरहेको छ”, उनले भने, “यो निर्माण भए नवप्रतिभावान् खेलाडी उत्पादनमा टेवा पुग्नेछ । त्यसैले यसमा ढिलाइ गरिनुहुन्न ।” कबर्ड हललाई पूर्णता दिन स्थानीय तहको बजेट अपुग रहेको दोधारा चाँदनीका नगर प्रमुख किशोरकुमार लिम्बूले बताए । “हामीसँग पर्याप्त बजेट छैन । स्थानीय तहमा आउने बजेट घटेर आइरहेको छ”, उनले भने, “त्यसैले अहिले कबर्ड हलमा बजेट विजियोजन गर्न सकेका छैनौँ ।”
कबर्ड हललाई पूर्णता दिन बजेटका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गरिरहेको उनको भनाइ छ । “कबर्ड हलका लागि एसियाली विकास बैंकसँग बजेट माग गरेका छौँ । प्रदेश र सङ्घ सरकारसँग पनि पहल गरिरहेका छौँ”, उनले भने, “बजेट विनियोजन गर्ने आश्वासन पाएका छौँ । चाँडै कबर्ड हलको कामले पूर्णता पाउने विश्वास छ ।”
















शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया