शुक्रबार, वैशाख २५, २०८३

यू–१९ विश्वकप खेल्ने नेपाली टिमको बिदाइ

मेरोन्यूज २०८० पुष २० गते १२:३८

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ ।

Advertisement
NiccNicc

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे ।

क्यानले बिहीबार दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो।

यू–१९ विश्वकप जनावरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने तालिका छ।

नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया