सोमबार, माघ १९, २०८२

सर्लाहीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

मेरोन्यूज २०८० पुष २० गते १६:४१

काठमाडौँ। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो। स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो।

विवाद बढेपछि प्रहरीले गोली नै चलाएको थियो । सो क्रममा गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का ३० वर्षिय जयशंकर साह गम्भीर घाइते भएका थिए । उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया