राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने
मेरोन्यूज
२०८० पुष २१ गते १३:१२

काठमाडौैं । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने भएको छ ।
आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेलाई सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने सहमति गरेको हो ।
बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । उनले सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।
प्रमुख सचेतक लेखकले देशभरको मत स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलबीच बाँडफाँट हुने बताए ।भागबण्डा टुंग्याउनको लागि साँझ फेरि गठबन्धनकाे बैठक बस्ने उनले बताए ।
सम्बन्धित
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया